२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


अफ्रिकन स्वाइन फिभरका कारण बंगुरका खोर रित्तिँदै


312
Shares

लमजुङ । लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएका कारण व्यावसायिक किसानका बंगुर फार्म तथा खोर रित्तिन थालेका छन् ।

बुधबार मध्यान्हसम्म १४९ वटा बंगुर तथा पाठापाठी मरिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।

सो रोग फैलिएका कारण भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञले बंगुर तथा बंगुरजन्य पदार्थ जिल्ला सदरमुकाम बाहिर ओसारपोसारमा प्रतिबन्ध लगाइएको सो कार्यालयका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।

उनका अनुसार हाल जिल्ला सदरमुकाम बेसीसहरमा बढी मात्रामा देखिएको छ । यसअघि बेशीसहर नगरपालिका–६ र ८ मा मात्र सो रोग फैलिएकोमा हिजोबाट वडा नंं ३ मा समेत फैलिन थालेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।