
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई हराएको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटनलाई २–० ले हराएको हो ।
खेलको ७३ औं मिनेटमा भिर्गिल भान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि ७७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।
जितसँगै लिभरपुल २४ खेलबाट ३९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित वुल्भरह्याम्पटन २४ अंक जोडेर १५ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्