
काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा युनाईटेड वेस्ट ह्यामलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।
युनाइटेडको जितमा एलेजान्द्रो गर्नाचो र फ्रेडले गोल गरे । यस्तै, एक गोल भने उपहार पाएको थियो । वेस्ट ह्यामका लागि सेड बेन्रह्माले एक गोल गरे ।
खेलको ५४ औं मिनेटमा सेड बेन्रह्माले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा वेस्ट ह्यामका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । ९० औं मिनेटमा एलेजान्द्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ३–१ को जित दिलाए ।
अब युनाईटेडले क्वाटरफाइनलमा फुल्हमको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्