
काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रूपैयाँले बढेर एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार २७० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्