
काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ बिक्री गरेपश्चात संस्थाले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो ।
लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १० प्रतिशतले हुने ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्ककासन गरी बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
यो आईपीओ बिक्री अवधि छिटोमा फागुन २३ गतेसम्म र ढिलो अवधि चैत २ गतेसम्म तोकिएको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्