
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीको आगामी फिल्म ‘मिस शेट्टी मिस्टर पोलिशेट्टी’ फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।
फिल्मको शिर्षक निर्माण टिमले बिहिबार सार्वजनिक गर्दै फस्ट लुक पोस्टर पनि सार्वजनिक गरेको हो । अभिनेत्री अनुष्का र अभिनेता नवीन पोलिशेट्टी फिल्मको फस्ट लुक पोस्टरमा चित्रित छन् । सर्वजनिक भएको फिल्मको पहिलो पोस्टर निकै आकर्षक छ ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म कमेडी ड्रामामा निर्माण भएको छ । जसमा अनुष्का लामो समयपछि कमेडी गर्दै देखिने भएकी छन् । फिल्ममा अनुष्का अविवाहित बस्न चाहाने युवतीको भूमिकामा रहेकी छन् भने नवीन विवाह गर्न चाहाने र प्रमीमाको खोजिमा रहेका युवको भूमिकामा देखिने छन् । निर्देशक महेश पी बाबु निर्देशित यस फिल्मलाई युभी क्रिएशन्सले निर्माण गर्दैछ ।
दक्षिण भारतीय फिल्म ‘बाहुबली’मा देवसेनाको भूमिकाले करोडौंको मन जितेकी अनुष्का लामो समयदेखि फिल्मबाट टाढा थिइन् । अनुष्का पछिल्लो समय सन् २०१८ मा रिलिज भएको फिल्म ‘भागमती’मा मुख्य भूमिकामा देखिएकी थिइन् । जुन सुपरहिट भयो । यसपछि उनले फिल्म ‘स्ये रा नरसिम्हा रेड्डी’मा केमियो गरेकी थिइन् ।
अब करिब ५ वर्षपछि अनुष्का मुख्य भूमिकामा फिल्म ‘मिस शेट्टी मिस्टर पोलिशेट्टी’ मा देखिने भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्