१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्णाली सरकारलाई दिएकाे समर्थन राप्रपाद्वारा फिर्ता


845
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बिहीबार राप्रपा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएकाे हाे ।

शाहीले प्रदेश प्रमुख तिलक परियारसामु नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएकाे हाे ।

केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।