२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भोजपुरमा चट्याङ लागेर बालकको मृत्यु, एक घाइते


546
Shares

काठमाडौं । भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार षडानन्द नगरपालिका–१२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका सरोजलाई तुम्लिङटार अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

साथै चट्याङ लागेर स्थानीय २५ वर्षीय प्रदीप भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।