
एजेन्सी । भारतीय अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ ।
बिहीबार उनले आफ्नो इन्स्टाग्राममार्फत हृदयघातबारे जानकारी दिएकी हुन् । उनले दुई दिनअघि आफूलाई हृदयाघात भएको र एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट राखिएको जानकारी दिएकी छिन् ।
सुस्मिताले इन्स्टाग्राममा लेखेकी छिन्, ‘तपाईंहरू आफ्नो मुटुलाई खुसी र बलियो राख्नुहोस् । तपाईंलाई आवश्यक परेका बेलामा यो तपाईंको साथमा हुनेछ । मलाई दुई दिनअघि हृदयाघात भएको थियो । एन्जियोप्लास्टी गरेँ । स्टेन्ट राखियो । महत्वपूर्ण कुरा, मेरा कार्डियोलोजिस्टले मेरो मुटु ठूलो छ भने । समयमै मेरो उपचारमा सहयोग गर्नेहरू धेरै हुनुहुन्छ । उहाँहरू सबैलाई धन्यवाद..म अहिले ठीक छु र बाँकी जीवनका लागि पनि तयार छु..।’
सुस्मिताका शुभचिन्तक र प्रशसंकहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएलगत्तै बलिउड प्रवेश गरेकी सुस्मिताको फिल्मी करिअर भने खासै सफल हुन सकेन तर, उनी आफ्नो व्यक्तिगत जिवनका कारण चर्चामा आउने गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्