
काठमाडौं । यूएईमा जारी रहेको विश्वकप लिग टु क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार पपुवा न्युगिनी (पीएनजी) को सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुँदैछ ।
नेपालले शृखंलाको पहिलो खेलमा पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो । बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल शुक्रबारको खेलमा पपुवा न्युगिनीविरुद्ध पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा छ ।
नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्