
काठमाडौं । आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन शुक्रबार बागमती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिँदै छ ।
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पूर्वसभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।
संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठ वटै राजनैतिक दलका प्रदेश सभा सदस्यका लागि शुक्रबार दिउँसो १ बजे नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिँदैछ ।
कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्