१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस्तो हुनेछ राष्ट्रपति निर्वाचनका लागि मतपत्र


754
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ ।

सार्वजनिक नमुना मतपत्रअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरिएको हो ।

प्रतिनिधि र राष्ट्रियसभा सदस्यका लागि प्रयोग गर्ने प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिन्ह हुनेछ । त्यस्तै प्रदेशसभा सदस्यहरूले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिन्ह र अक्षर हुनेछ । दुवै मतपत्रमा उम्मेदवारको तस्बिर र नाम राखिएको छ ।

राष्ट्रपतिका लागि आठ दलको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) बाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

राष्ट्रपति चयनका लागि हुने यही फागुन २५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रमा मतदान हुँदैछ ।

संघीय संसदका सदस्यका लागि मतपत्र :

प्रदेश सभा सदस्यका लागि मतपत्र :