११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सोनाक्षी अनुबन्धित


546
Shares

एजेन्सी । भारतीय फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अभिनेत्री सोनाक्षी सिंहा अनुबन्धित भएकी छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सोनाक्षी अक्षय कुमार र टाइगर श्राफसँग यस फिल्ममा सहकार्य गर्ने भएकी छिन् ।

सोनाक्षीले भारतीय सञ्चारकमीहरुसँग कुरा गर्दै भनेकी छिन्, “‘बडे मियाँ छोटे मियाँ’ को हिस्सा बन्न पाउँदा म निकै उत्साहित छु । अक्षयसँग काम गर्नु सधैं राम्रो अनुभव हो। टाइगरसँगको यो मेरो पहिलो फिल्म हो । अली अब्बास जफर एक उत्कृष्ट निर्देशक हुन् र मलाई विश्वास छ ‘बडे मियाँ छोटे मियाँ’ ब्लकबस्टर हुनेछ। दर्शकले यो फिल्मलाई हलमा हेरेर रमाईलो गरून् भन्ने म चाहन्छु ।”

‘बडे मियाँ छोटे मियाँ’ फिल्मको पहिलो छायांकन मुम्बईमा र दोस्रो छायांकन स्कटल्याण्ड र दुबईकाे अबुधाबीमा मार्चको अन्त्यसम्ममा पूरा हुने फिल्मको निर्माण पक्षले बताएको छ ।

‘बडे मियाँ छोटे मियाँ’ लाई वासु भगनानी, दीपशिखा देशमुख, ज्याकी भगनानी, हिमांशु किशन मेहरा र अली अब्बास जफरले एएजेड फिल्म्ससँगको सहकार्यमा निर्माण गरेका हुन् ।

फिल्मलाई वासु भगनानीले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनले नै लेखेका छन् ।