
काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सय रूपैयाँले घटेर एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ५ रूपैयाँले घटेर १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्