
काठमाडौं । विराटनगर महानगरपालिकाले ३ महिनाभित्रमा नगर बस सञ्चालन गर्ने भएकाे छ ।
अब ३ महिनाभित्र १९ वटा बस सञ्चालनमा ल्याउने तयारी गरिएको महानगरपालिकाले जनाएको हाे । प्रदेश सरकार र लगानी बोर्डको सहयोगमा महानगरले नगर बस सञ्चालन गर्ने भएको हो ।
नगर बस सञ्चालनको तयारीका लागि विराटनगर महानगरपालिकाले सम्भाव्यता रुटहरूको समेत परीक्षण पूरा गरिसकेको छ । अहिले ४ वटा रुटहरू तय गरिएको छ । आवश्यकता अनुसार रुटहरू थपघट हुने पनि महानगरपालिकाले जनाएको छ ।
सवारी चालक र सहचालकहरूको नियुक्तिको प्रक्रिया अगाडि बढाएपछि भाडा दर कायम गरिने भएकाे छ । नगर बसले विद्यार्थी, अपांग र ज्येष्ठ नागरिकलाई नेपाल सरकारले तोकेबमोजिम सहुलियत दिने महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्