
काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्र ‘नम्बरी सुन’को छायांकन सकिएको छ ।
बिहीबार अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले जानकारी दिएका छन् ।
चलचित्रमा गौरव र नम्रतासँगै सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको पनि अभिनय रहेकाे छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ ।
चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रमा गौतम राज खड्काको सम्पादन रहनेछ ।
७० वर्षअघिको कथामा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता नारायण खाती हुन् ।
प्रतिक्रिया दिनुहोस्