
काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक भएको छ ।
अभिनेता धीरज मगरद्वारा अभिनित चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक उक्त टिजरमा ज्याकी पात्रको डान्सर बन्ने सपनामा परिवारको ब्रिटिस आर्मी बनाउने सपना बाधक बन्दा आउने उतार-चढावलाई देखाइएको छ ।
चलचित्र डान्सको विषयमाथि निर्माण भएको टिजरले प्रष्ट पार्छ । साथै टिजरमा समावेश गरिएको ‘डान्स मुभ’ हरु आकर्षक र छन् । विश्वमा नृत्यको कथामाथि धेरै चलचित्र बनेको भए पनि नेपालमा यो पहिलो पटक हो ।
कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशनमा बनेको बनेको यस चलचित्रमा धिरजसँगै जसिता गुरुङको मुख्य भूमिका छ । चलचित्रमा दुवै डान्सरको भूमिकामा छन् । उनीहरुले यस भूमिकाको लागि लामो समय नृत्य सिकेका थिए ।
चलचित्रमा धिरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय रहेको छ ।
आगामी बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रको प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेका छन् । चलचित्रमा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्र आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको हो
प्रतिक्रिया दिनुहोस्