१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेता नवाजुद्दीनकी श्रीमतीले आफू र छोराछोरीलाई घरनिकाला गरेको लगाइन् आरोप


1.612k
Shares

एजेन्सी । भारतीय चर्चित अभिनेता नवाजुद्दीन सिद्दिकी (नवाज) की श्रीमती आलिया जैनबले नवाजले आफू र छोराछोरीलाई घरबाट निकालेको आरोप लगाएकी छन् ।

आलियाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै नवाजले गार्डको सहयोगमा घरभित्र पस्न नदिएको बताएकी हुन् । उक्त भिडियोमा उनीहरूको छोरी सडकमा उभिएर रोइरहेकी छन् ।

आलियाको अनुसार ४० दिनसम्म घरमै नजरबन्दमा बसेपछि उनलाई वर्सोवा प्रहरी चौकीमा बोलाइएको थियो । त्यहाँबाट फर्केपछि नवाजले गेटका गार्डलाई भनेर आलिया र छोराछोरीलाई घरबाट निकालेका थिए । ‘आफ्नो छोराछोरीलाई आफ्नै बाबुले यसो गर्न सक्छ भनेर विश्वास गर्न सक्दिन’ आलियाले सामाजिक सञ्जालमा लेखेकी छन् । साथै आफू र आफ्ना छोराछोरीलाई एक नातेदारले आश्रय दिएको पनि उनले बताएकी छन् ।

आलियाले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा नवाज आफूले छोराछोरीको कस्टडी पाउनका लागि जानाजानी समस्यामा पारेको बताएकी समेत बताएकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार नवाजकी आमा मेहरुनिसा सिद्दिकीले केही समयअघि आफ्नी बुहारी आलियाविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । सम्पतिको विषयलाई लिएर आलियाविरुद्ध उजुरी परेको थियो । सोही समयदेखि उक्त विवाद बढ्दै गएको हो । आलियाले आफूलाई घरमा नजरबन्दमा राखेको आरोप समेत केही समय अगाडी लगाएकी थिइन् ।

आलियाले गतसाता नवाजविरुद्ध बलात्कारको मुद्दा समेत दर्ता गरेकी छन् ।