११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एमालेमाथि सबैतिरबाट प्रहार हुनु मुलुकका लागि दुर्भाग्य : अध्यक्ष ओली


416
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गर्नुभएको छ ।

शनिबार भक्तपुरमा आयोजित एमाले निकट वुद्धिजीवि परिषद केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको उहाँले दावी गर्नुभएकाे हाे ।

जनतालाई भ्रममा पार्न सफल शक्तिले अहिले पनि सत्ताकब्जा गरिरहेको उहाँले उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट वुद्धिजीविलाई आग्रह समेत गर्नुभयो । अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन वुद्धिजीविहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताउनुभयाे ।

गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि वाैद्धिक क्षेत्रको भएको भन्दै चेतना स्तरमाथि उठाउने काममा वुद्धिजीविले ध्यान दिनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।