
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले बर्नेमाउथलाई हराएको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले बर्नेमाउथलाई ३–२ ले हराएको हो । आफ्नै मैदानमा भएको खेलमा ६१ मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्टाउँदै आर्सनल ३–२ ले विजयी भएको हो ।
खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नेमाउथलाई सुरूवाती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा मार्कोस सेनिसीले गोल गर्दै बर्नेमाउथलाई दोब्बर अग्रता दिलाए । तर, खेलको ६२ औं मिनेटमा थोमस पार्टीले गोल गर्दै आर्सनललाई २–१ को स्थितिमा ल्याए । ७० औं मिनेटमा बेन ह्वाइटले गोल गर्दै आर्सनललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयमा रेइस नेल्सनले गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए ।
शीर्षस्थानको आर्सनलको ६३ अंक छ भने दोस्रो स्थानको सिटीको ५८ अंक छ ।
प्रतिक्रिया दिनुहोस्