१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का


923
Shares

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ ।

आइतबार दिउँसो ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ । अहिलेसम्म भूकम्पबाट कुनै क्षति भएको जानकारी आएको छैन ।