१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्ववियु निर्वाचन : आज मतदाता नामावली प्रकाशन गरिँदै


234
Shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन गरिँदै छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आइतबार दिउँसो मतदाता सूची प्रकाशन गरिन लागको हो ।

आइतबार प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ ।

यसअघि चुनावमा भाग लिने विद्यार्थी संगठनहरुको दर्ता गर्ने काम भएको थियो ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।