
काठमाडौंं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार तीन खेल हुँदैछन् ।
आइतबार च्यासल मैदानमा दिउँसो साढे दुई बजे न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबीच खेल हुँदा दशरथ रंगशालामा सोहि समयमै त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्नेछन् ।
यसैगरी, साँझ साढे ५ बजे साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।
तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग यसपालि डबल राउण्ड रोबिनका आधारमा २५ जेठसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्