
काठमाडौं । आठ दलीय गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा भागबण्डा र राष्ट्रपति निर्वाचनबारे छलफल हुने जनाइएको छ ।
राष्ट्रपति निर्वाचनका कारण माओवादीले सत्ता गठबन्धन फेरेपछि आठ दलीय नयाँ गठबन्धन बनेको हो ।
राष्ट्रपति निर्वाचनका लागि गठबन्धन बने पनि सत्तामा भागबण्डा भने हुन बाँकी नै छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत पनि लिनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्