
काठमाडौं । लमजुङको बेंसीसहरबाट मनाङको चामे जोड्ने सडकको स्तरोन्नतिको काममा ढिलाई भएको छ ।
सडकको स्तरोन्नतिको काम सुरु भएको २ वर्षमा ४० प्रतिशत पनि काम हुन नसकेको हाे । बेँसीशहरको मनाङे चौतारा नजिकै १ सय मिटर र खुदिसम्म ७ दशमलव ८ किलोमिटर सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भए पनि काम हुन सकेको छैन ।
२५ करोडको ठेक्का सम्झौताको मिति सकिन ४ महिना बाँकी रहेकाे छ । तर ४० प्रतिशत पनि काम नभएको सडक कार्यालयका प्रमुख अच्युतबिलास पन्तले जानकारी दिनुभयो ।
२०६९ सालमा नेपाली सेनाले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्