
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा (माओवादी केन्द्र) ले संसदीय दललाई निर्देशन दिएको छ ।
आइतबार सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताउनुभएकाे हाे । अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएकाे उहाँकाे तर्क छ । यो गठबन्धन टुट्नु नहुने भएकाले विश्वासको मत दिनु भनेर केन्द्रबाट निर्देशन आएको उहाँकाे भनाइ छ ।
शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले नेपाली कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।
गत माघ २६ गते नियुक्त भएका मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिंदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्