२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खेम थापाको स्वरमा ‘लगन कसेर’ गीत सार्वजनिक


832
Shares

काठमाडौं । गायक खेम थापाको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतमा गायक थापासँगै गायिका मिलन नेवारको पनि स्वर रहेको छ । गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ ।

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको उक्त गीतमा युवा युवतीबीच आगामी समयमा लगन गाठो गाँस्ने सुरसार गर्दै गरेको प्रसँगलाई समेटिएको छ ।

दुर्गा पौडेलको छायांकन, प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा विजय पुन र विमता धर्ति मगरको अभिनय रहेको छ ।