
एजेन्सी । मधुमेह एक खतरनाक रोग हो । यसलाई नियन्त्रण गर्न बिरामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ ।
यदि तपाईलाई भविष्यमा मधुमेह रोग नलागोस् भन्ने चाहनुहुन्छ भने, तपाईले आफ्नो दैनिक जीवनमा केही साना परिवर्तनहरू गर्नुपर्छ।
देशभर मधुमेहका बिरामीको संख्या लगातार बढिरहेको छ । इन्सुलिनले मधुमेहलाई बढाउँदै लेजाने गर्दछ । इन्सुलिनका कारण रगतमा चिनीको मात्रा बढ्न थाल्छ । इन्सुलिन एक हर्मोन हो जसले चिनीलाई खानाबाट शरीरका कोषहरूमा पुर्याउँछ ।
चिकित्सकहरुका अनुसार इन्सुलिनको अपर्याप्त उत्पादनका कारण रगतमा चिनी रहन्छ, जसले गर्दा मधुमेहको जोखिम बढाउँछ । खराब जीवनशैली, खानपान, शारीरिक क्रियाकलापको कमीका कारण आजको समयमा अधिकांश मानिस मधुमेहको सिकार भइरहेका छन् ।
मधुमेहबाट बच्ने केही उपायहरु यसप्रकारका छन्
– चिनी र कार्बोहाइड्रेट वस्तुको सेवन कम गर्ने
चिनी र कार्बोहाइड्रेटले प्रशस्त मात्रामा रगतमा चिनीको मात्रा बढाउँछ । जब तपाई चिनी र त्यसबाट बनेको चिज खानुहुन्छ तब तपाईको रगतमा चिनीको मात्रा बढ्छ । मधुमेहबाट बच्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो आहारमा सेतो रोटी, आलु, सेतो मैदा र चिनीले बनेको खानेकुरा जस्ता कार्बोहाइड्रेटयुक्त चीजहरू सीमित गर्नुपर्छ ।
– सन्तुलित आहारमा फाइबरयुक्त खानेकुरा बढाउनुहोस्
उच्च फाइबर खाना तपाईंको पेट र स्वास्थ्य को लागी महत्वपूर्ण मानिन्छ । तौलसँगै यसले मधुमेहको जोखिम पनि कम गर्छ । फाइबर दुई प्रकारका हुन्छन् । यी मध्ये, एक घुलनशील र अर्को अघुलनशील, घुलनशील फाइबर पानीलाई अवशोषित गर्दछ । यसले ब्लड सुगर र कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न मद्दत गर्छ ।
अमेरिकी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन का अनुसार स्याउ, केरा, जई, मटर, कालो सिमी, स्प्राउट्स र एभोकाडोजस्ता खानाहरू घुलनशील फाइबर खानामा पाइन्छ ।
– शारीरिक रूपमा सक्रिय रहनुहोस्
नियमित रूपमा व्यायाम गर्नुहोस् र कुनै न कुनै रूपमा शारीरिक रूपमा सक्रिय रहनुहोस् । शारीरिक रुपमा सक्रिय रहनाले जुनसुकै प्रकारका रोगहरु बाट टाढा रहन सकिन्छ । यसका लागि तपाईले धेरै व्यायाम वा जिम जानु पर्दैन । बिहान बेलुका हिँडेर वा ट्रेडमिलमा हिँडेर आफूलाई फिट राख्न सक्नुहुन्छ । अल्छी जीवनशैली नअपनाउनुहोस् र आफ्नो घरको काममा व्यस्त रहनाले पनि शरिर सन्तुलनमा आउँछ ।
– चिनीयुक्त पेयको सट्टा शुद्ध पानी पिउने
कुनै पनि पानीको विकल्प अन्य पेय हुन सक्दैन सक्दैन, न त यसले तपाईंलाई यसबाट प्राप्त हुने फाइदाहरू दिन सक्छ । जब मधुमेह र रगतमा चिनी नियन्त्रण गनुपर्ने हुन्छ, तपाईंले आफ्नो दैनिक जीवनमा पानीको मात्रा बढाउनु पर्छ । चिसो पेय पदार्थ र अन्य चिनीयुक्त पेय पदार्थबाट टाढा रहनुहोस् र यसको सट्टा पानीको सेवन बढाउनुहोस् ।
– तौललाई नियन्त्रणमा राख्ने
मधुमेह जस्ता दीर्घकालीन रोगको जोखिम कम गर्न चाहनुहुन्छ भने तौललाई नियन्त्रणमा राख्नुपर्छ । यदि तपाई आफ्नो तौल नियन्त्रण गर्न चाहनुहुन्छ भने आजैबाट खानाको पोषणलाई कन्ट्रोल गर्ने बानी बसाल्नुपर्छ । दैनिक खाइने खानाको मात्र कम गरेर सन्तुलन भोजन खानु आवश्यक छ ।
हाल विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरूलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने चिकित्सकहरू बताउँछ्न । नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको चिकित्सकहरूको भनाइ छ ।
मधुमेहका कारण सबभन्दा बढी आँखामा असर पर्ने विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्