
काठमाडौं । लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् ।
केही समयदेखिको प्रेम सम्बन्धमा रहेकी भूमिकाले प्रेमि हिजन विष्टसँग विवाह गर्न लागेकी हुन् ।
भूमिका र हिजनले आफन्त र साथीभाइको सीमित उपस्थितिमा सोमबार विवाह गर्ने भएका छन् । भूमिकाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा ब्याचलर पार्टी को केही तस्वीरहरू सार्वजनिक गर्दै विवाहको जानकारी दिएकी हुन् ।
भूमिकाले गायका ‘देउरालीमा’, ‘चोली मैलै भो’ लगायतका गीत चर्चामा छ । उनले हालसम्म ३ सय भन्दा बढी गीत रेकर्ड गराइसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्