२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगलादेशमा शरणार्थी शिविरमा भीषण आगलागी


104
Shares

एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ ।

आइतबार कोक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरबाट सुरु भएको आगलागीबाट करिब २ हजार घर टहरा जलेर नष्ट भएका हुन् । आगलागीबाट हजारौं शरणार्थी बासविहीन बनेका छन् ।

जलेर नष्ट भएका प्रत्येक टहरामा ४/५ जनाका परिवार बस्दै आएका थिए । आगलागीबाट ३५ वटा अस्थायी मस्जिद र १२ वटा प्रारम्भिक सिकाई केन्द्रहरु पनि जलेर नष्ट भएको जनाइएको छ ।

आगो नियन्त्रण गर्न घण्टौं लागेको थियो । सन् २०१७ मा म्यानमारमा भएको सैनिक कारबाहीपछि भागेका लाखौं मुस्लिमहरु बंगलादेशमा शरण लिइरहेका छन् ।