
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
सोमबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
सोमबार राति भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्