
काठमाडौं । रंगहरुको पर्व होलीको अवसरमा ईमेज च्यानलले सोमबार ‘होली विशेष’ कार्यक्रमको आयोजना गर्दैछ ।
ईमेज च्यानलले विगत केही वर्षयतादेखि होलीका दिन गर्दै आएको सांगीतिक कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएकाे हो । काठमाडौंको त्रिदेवीमार्ग ठमेलमा (कर्मचारी सञ्चयकोष भवन अगाडि) आयोजना गरिने सो कार्यक्रममा इन्दिरा जोशी, राजेश पायल राई, धिरज राई, शिव परियार, दिपक लिम्बु, कमल खत्री, टिका प्रसाईं, मेलिना मैनाली, विश्व नेपाली, आशिष सचिनलगायतको सांगितिक प्रस्तुती रहने छ ।
होली कार्यक्रम सोमबार बिहान १० बजेदेखि साँझसम्म हुने भएकाे छ । सोही कार्यक्रमको ईमेज च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने भएकाे छ । होली विशेष कार्यक्रममा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ । ईमेज होली विशेष कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २६ र ठमेल पर्यटन विकास परिषदको पनि सहभागिता रहने भएकाे छ ।
ईमेज च्यानलले गत वर्ष पनि काठमाडौंको त्रिदेवीमार्ग ठमेलमा (कर्मचारी सञ्चयकोष भवन अगाडि) नै ‘होली विशेष’ कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्