८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


माधव नेपालका भाइ सरोज उपाध्यायको आज अन्त्येष्टी गरिंदै

उपाध्यायकाे पार्थिव शरीर पार्टी कार्यालयमा

247
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य सरोज उपाध्यायको पार्थिव शरीरलाई साेमबार दिउँसो श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।

उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि साेमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिने एकीकृत समाजवादीका एक नेताले बताए ।

उपाध्यायको साेमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।उपाध्यायको गत शनिबार काठमाडौंको शंखमूलस्थित एक कफिसपको छतबाट खसेर निधन भएको थियो।

उपाध्याय एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालका भाइ हुनुहुन्छ ।