८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सोमबार कोरोना संक्रमण संख्या शून्य


221
Shares

काठमाडौं । सोमबार देशभर कोरोना संक्रमण संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा १७३ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर १ जना संक्रमण मुक्त भएका छन् भने ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।