
एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘भोला’ को ट्रेलर सार्वजनिक भएको छ ।
अजयले आफ्नो सामाजिक सञ्जालमार्फत ट्रेलर सार्वजनिक गरेका छन् । यस फिल्ममा अजय दमदार एक्सन भूमिकामा देखिएका छन् ।
२ मिनेट ३३ सेकेन्डकाे उक्त ट्रेलरमा अजय खरानी लगाएर एक्सन गरिरहेको देख्न सकिन्छ ।
यो फिल्ममा अजयसँगै तब्बु, अमला पल, सञ्जय मिश्रा, दीपक डोबरियाल, गजराज राव र विनीत कुमारको अभिनय रहेको छ ।
फिल्ममा तब्बु पुलिस अफिसरको भूमिकामा देखिएकी छिन् । फिल्म ‘भोला’को कथा बुवा छोरीको अद्भुत सम्बन्धलाई देखाइएको छ । जसले अजयको फिल्मलाई विशेष बनाउँछ । समग्रमा ‘भोला’ को ट्रेलर एक्सन र थ्रिलले भरिपूर्ण छ ।
यो फिल्मलाई अजय देवगनले नै निर्देशन गरेका हुन् ।
‘भोला’ चैत ३० गतेबाट हलमा रिलिज हुँदैछ । ‘भोला’ साउथको सुपरहिट फिल्म ‘कैथी (२०१९०)’ को रिमेक हो र १०० करोडको बजेटमा बनेको यो फिल्म थ्रीडीमा पनि रिलिज हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्