१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माओवादी धारका नेताहरुको संयुक्त बैठक जारी


1.248k
Shares

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

मंगलबार बिहान ९ बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (माओवादी) का खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत) का नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहूती), नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी छन् ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा कुराकानी हुने बताइएको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डलाई तीन वर्ष पहिला सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न आदेश दिएसँगै माओवादी धारका नेताहरुको बैठक पहिलो पटक संयुक्त रुपमा बसेको हो ।

केही दिनअघि भएको एक कार्यक्रममा पनि माओवादी धारका नेताहरुले प्रधानमन्त्रीविरुद्धको मुद्दामा माओवादी चुप लागेर नबस्ने चेतावनी दिइसकेका छन् ।

‘जनयुद्धकालीन’ मुद्दा उठ्न थालेपछि माओवादी धारका पार्टीहरू एकै ठाउँमा छलफलमा जुटेका छन् ।