१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


143
Shares

काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका-१ विजयपुरका विनोद महतो रहेका हुन् । अर्का एक जना मृतकको भने परिचय खुल्न सकेको छैन् ।

साेमबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बर्दिबासबाट आउँदै गरेको मोटरसाइकल सडक पेटीमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।