
काठमाडौं । कञ्चनपुरका थारु समुदायले होली पर्वका अवसरमा मंगलबार देउथानमा बालेको आगो घर भित्र्याउने गर्दछन् ।
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायमा गाउँको देउथानमा आगो बालेर घर लैजाने परम्परा छ ।
होलीमा गन्यारी नामको काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने चलन छ । यस्तो आगो घर भित्र्याउँदा घरमा सुख शान्ति हुने र रोग व्याधि हट्ने जनविश्वास छ ।
देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर घर घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको हो ।
सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाउने चलन छ ।
देउथानमा पूजा गरिसकेपछि थुम्कोमा आगो बाल्ने र त्यसपछि रोटी र गुँडको प्रसाद बाँड्ने गरिन्छ । देउथानबाट आगो लिएर महिलाहरु घर फर्केपछि रङ लगाएर होली मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्