२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन


5.694k
Shares

काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन भएको छ ।

लम्सालको सोमबार राति निधन भएको हो । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् ।

कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले सामाजिक सञ्जाल फेसबुक मार्फत लम्सालको निधन बारे जानकारी दिएका हुन् ।

लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् ।

लोकदोहोरीका सर्जक समेत रहेका लम्सालका ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’ लगायत गीत लोकप्रिय छन् ।

१२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय लम्सालले दर्जनौं गीत लोकप्रिय छन् ।

गायक लम्सालको निधनप्रति कलाकारले दुःख व्यक्त गरिरेहका छन् ।