२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काभ्रेमा कौडा खेलिरहेको अवस्थामा नौ पक्राउ


988
Shares

काभ्रे । धुलिखेल नगरपालिका–३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले सोमबार राति ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही नगरपालिका–५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई पक्राउ गरेको हो ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।