९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मंगलबार कोरोना संक्रमितको संख्या शून्य


143
Shares

काठमाडौं । मंगलबार देशभर कोरोना संक्रमण संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा १०७२ जनाको नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।