
काठमाडौं । सशस्त्र द्वन्द्वसँग सम्बन्धित विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि माओवादी र पूर्व माओवादीहरु ससंंकित बनेका छन् । संक्रमणकालिन न्यायको विषय अदालतको क्षेत्राधिकारको विषय नभएको भन्दै माओवादी नेताहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरितका गतिविधिको संयुक्त प्रतिवाद गर्ने भन्दै अदालतविरुद्ध खनिएका छन् ।
गत शुक्रबार सर्वोच्च अदालतले द्वन्द्वकालिन मुद्दालाई लिएर प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि माओवादी विचारधारका पार्टीहरु तरङ्गित बनेका छन् । शुक्रबारको आदेशपछि सर्वोच्च अदालतमा प्रधानमन्त्री दाहालाई विपक्षी बनाई दयार गरेको रिट निवेदन मंगलबार दर्ता भइसकेको छ ।
विस्तृत शान्ति सम्झौता हुँदै माओवादी केन्द्र २०६२÷०६३ को आन्दोलनबाट संसदीय राजनीतिमा आएसँगै कयौं पटक विभाजन भइसकेको छ । माओवादी छाडेर विभिन्न दलमा प्रवेशका गरेका नेताहरुलाई समेत सर्वोच्चको आदेशले झस्क्याएर एकै ठाउँमा उभिने अवस्था आएको छ । माओवादीबाट टुक्रिएर विभिन्न पार्टी गठन गरेका पूर्व माओवादीहरु र माओवादी अहिले एकजुट भएर अदालतले द्वन्द्वकालिन मुद्दा व्यूँत्याए प्रतिकारमा उत्रिने चेतावनी दिन थालेका छन् ।
माओवादी विचारधाराका नेताहरुको मंगलबार बसेको बैठकले शान्ति प्रक्रियाको मर्म र भावना विपरितका गतिविधिको संयुक्त रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । शान्ति प्रक्रियासँग जोडिएका विषयवस्तु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गर्नुपर्ने उनीहरुको तर्क छ ।
प्रधानमन्त्री दाहालको ३ वर्ष अघिकोे हत्याको सार्वजनिक स्वीकारोक्ति, ५ हजार व्यक्ति मारेको भन्ने साविती बयान आधार र कानुनले गैरकानुनी भएकाले तत्काल प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय दिनुपर्ने माग रिट निवेदनमा छ । सशस्त्र द्वन्द्वको क्रममा नियन्त्रणमा लिई गरिएका हत्यालाई अपराधीकरण गरी पीडकलाई सजायको व्यवस्था नभएसम्म संक्रमणकालीन न्याय नटुंगिने भन्दै हत्या कानन त कसुर भएकाले दोषीलाई कारवाही गर्नुपर्ने माग रिट निवेदनमा छ ।
प्रधानमन्त्री दाहाललमाथि अनुसन्धान गर्ने बाटो सर्वोच्चले खोलिदिएपछि नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायको विषयमा अदालतले नभई आफू बच्ने अस्त्रको रुपमा मात्र प्रयोग भइरहेका संक्रमणकालिन आयोगहरुले टुंग्याउनुपर्ने दाबी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्