१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इजरायली सेनाको रकेट प्रहारबाट ६ प्यालेस्टिनी मारिए


0
Shares

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको पश्चिम किनारामा इजरायली सेनाले रकेट प्रहार गर्दा ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनामा ११ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

पश्चिम किनाराको जेनिन शहरमा घेरा हाली इजरायली सेनाले रकेट प्रहार गरेको आरोप लगाइएको छ । सो शहरमा इजरायली सेनाका दर्जनौ बख्दरबन्द गाडीहरु तैनाथ गरिएको छ ।

यसअघि इजरायली सेनाले पश्चिम किनाराको दक्षिणी क्षेत्रमा रहेको शरणार्थी शिविरमा पनि आक्रमण गरेका थिए ।

इजरायली सेनाले घरबाटै केही मानिसहरुलाई पक्राउ समेत गरेको थियो ।