
एजेन्सी । मेक्सिकोमा गत साता अपहरणमा परेका चार जना अमेरिकी नागरिक मध्ये दुई जनाको शव फेला परेको छ ।
गत साता बन्दुकधारीको समुहले गोली प्रहार गरी अपहरण गरेका एक महिला र तीन पुरुष मध्ये दुई पुरुषको शव फेला परेको हो ।
दुई जनाको भने उद्धार गरिएको छ । मार्च ३ मा टेक्ससबाट गएका उनीहरु सीमापार मेक्सिकोको उत्तरपुर्वी राज्यको माटामोरोस शहरमा गाडी चढ्ने क्रममा अपहरणमा परेका थिए ।
अपहरण मुक्त गर्ने क्रममा २४ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्