२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


मिथिलाञ्चलमा आज होली मनाइँदै


468
Shares

काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा बुधबार होली पर्व मनाइँदै छ ।

पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ ।

मंगलबार परिक्रमा सम्पन्न भएपछि बुधबार मिठा मिठा परिकार खाँदै एकअर्कालाई रंग दलेर हर्षाेल्लासपूर्वक होली मनाइँदै छ ।

यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र मंगलबार तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइएको थियो ।

असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक एवं आपसी सद्भावको पर्वको रुपमा होली मनाउदैँ आउने गरिएको छ ।