७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


खानेतेलको मूल्य बढेसँगै इलाममा तोरी खेती गर्ने बढे


1.157k
Shares

इलाम । खानेतेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रका किसान तोरी खेतीतर्फ आकर्षित भएका छन् ।

व्यावसायिक खेती घटे पनि घरेलु उपभोगका लागि किसानले तोरी खेतीलाई प्राथमिकता दिन थालेका हुन् ।

माङ्सेबुङ गाउँपालिका–३ का किसान बालकृष्ण बस्नेतले आफ्नो बारीमा तोरीखेती गर्न थालेका छन् ।

७५ रूपैयाँमा आधा लिटर पाइने तोरी तेलको मूल्य आकासिएपछि गाउँलेहरुले तोरी खेती गर्न थालेका हुन् । व्यावसायिकभन्दा पनि आफ्नो घरेलु प्रयोगका लागि किसानले तोरी खेती गर्न थालेका हुन् ।

इलामका १० स्थानीय तहमध्ये दक्षिणी माई नगरपालिका र चुलाचुली गाउँपालिकामा तोरी खेती धेरै हुने गरेको छ । इलामका १० वटै स्थानीय तहमा तेरी खेती हुने र ७ सय ९० हेक्टरमा तोरी फलाउने गरिएको छ ।