२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माडागस्करमा विनासकारी आँधीबाट ८ को मृत्यु


247
Shares

एजेन्सी । माडागस्करमा आएको आँधीबाट ८ जनाको मृत्यु भएको छ ।

फेड्री नामको आँधीले एक हजार भन्दा बढी घर ध्वस्त बनाउँदा हजारौं घरबारबिहीन बनेका छन् ।

आँधीको असर छिमेकी मुलुक मोजाम्बिकमा समेत परेको छ । त्यहाँ भारी वर्षाका साथ पहिरो जानुका साथै आँधीले केही घरहरुमा क्षति पुर्‍याएको छ ।

आँधीले थप असर गर्ने आँकलनका साथ सर्वसाधारणलाई सचेत बनाइएको छ । अष्ट्रेलियाबाट सक्रिय भएको यो आँधी दक्षिणी हिन्द महासागर हुँदै माडागास्करमा बिनास मच्चाउँदै मोजाम्बिकतर्फ सरेको हो ।