१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चलचित्र ‘जुलेबी’ को फस्ट लुक सार्वजनिक


1.014k
Shares

काठमाडौं । चलचित्र ‘जुलेबी’ को पहिलो लुक सार्वजनिक भएको छ ।

नारी दिवसको अवसर पारेर बुधबार चलचित्रको फस्ट लुक सार्वजनिक गरिएको हो ।

चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिकामा रहेका छन् भने सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायतका कलाकारको अभिनय रहेको छ ।

गणेश देव पाण्डेले निर्देशन गरेको चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ ।

आभा शर्मा नेपालले निर्माण गरेकी चलचित्रमा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ ।