१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा वर्षा : जनजीवन प्रभावित


949
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका पहाडी भू–भागमा बुधबार हल्का वर्षा भएको छ ।

बिहानैदेखि उपत्यकासहित पहाडी भू–भागमा वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण हल्का वर्षा भएको हो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम नखुल्दा काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् । बुधबार राति पनि पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुनसक्ने विभागले जनाएको छ ।