१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेत्री सुरक्षाले गरिन् प्रेमी मानवसँग इन्गेजमेन्ट


2.951k
Shares

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छन् ।

पन्त र सुवेदीले बुधबार इन्गेजमेन्ट गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै पन्तले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन् ।

इन्गेजमेन्टको तस्वीर फेसबुकमा राख्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौं । आर्शिवार्द दिनुहोला ।’ तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।

करिब ६ वर्षदेखिको प्रेमलाई पन्त र सुवेदीले विवाहमा परिणत गर्न लागेका हुन् ।